काठमाडौं- स्वास्थ्य सेवा विभागले छात्रवृत्तिमा पढेका चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन गर्न प्रदेशस्थित सामाजिक विकास मन्त्रालयलाई पत्राचार गरेको छ।
सातै प्रदेशका सामाजिक विकास मन्त्रालयलाई पत्राचार गर्दै छात्रवृत्ति प्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन निर्देशिक २०७१ बमोजिम चिकित्सक तथा स्वास्थ्यकर्मीलाई व्यवस्थित रुपमा खटाउन स्वास्थय सेवा विभागले पत्राचार गरेको हो।
स्वास्थ्य मन्त्रालयको सचिव स्तरीय निणर्य अनुुसार सामाजिक विकास मन्त्रालयले हेर्ने गरी आधारभूत अस्पतालमा कम्तिमा एक जना हुने गरी खटाउन र दुई वर्ष सेवा अवधि पुरा भएपछि म्याद थप गर्ने व्यवस्था नहुने गरी खटाउन निर्देशन दिइएको छ।