काठमाडौं- चिकित्सा शिक्षा आयोगले पाकिस्तानबाट प्राप्त छात्रवृत्तिका लागि १२ जनालाई छनोट गरेको छ। आयोगले शैक्षिक सत्र २०२१/२२ का लागि एमबिबिएस, बिडिएस र बि फार्मका लागि १२ जनाको नाम सार्वजनिक गरेको हो।
आयोगको सूचना अनुसार खुलामा सात, मधेशी, खस आर्या, महिला, दलित, आदिवासी जनजाति तर्फ एक–एक जना छनोट भएका छन्।