काठमाडौं- परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले नर्सिङ क्याम्पसलाई १० दिनभित्र क्लिनिकल अभ्यासका लागि नविकरण निवदेन माग गरेको छ।
अस्पतालले क्लिनिकल अभ्यासका लागि नविकरण गर्न आउने नर्सिङ क्याम्पसले नर्सिङ काउन्सिलको नविकरण, सम्बन्धित परिषद्/युनिर्भसिटीले नविकरण तथा प्रसुतिसँग गत वर्ष भएको सम्झौताको प्रतिलिपि सलग्न राखी १० दिन भित्र निवदेन दिन सूचित गरेको छ।
म्याद सकिएपछि आउने प्राप्त निवेदन दर्ता नगरिने अस्पतालले जनाएको छ।
![](https://swasthyakhabar.com/uploads/editor/2021-06-08/vaccine%20line/prasuti.jpg)