मृत्यु प्रक्रिया मर्नु भन्दा ठीक अगाडि सुरु हुन्छ। मृत्यु एउटा व्यक्तिगत यात्रा हो, जुन हरेक व्यक्तिले आफ्नै ढंगले सामना गरेको हुन्छ। जीवित छँदा मानिसका विभिन्न गन्तव्य हुन्छन्। तर, जीवनको अन्त्यमा सबैको एउटै गन्तव्य हुन्छ, त्यो हो मृत्यु। मृत्युको नजिक पुग्दा एउटा प्रक्रिया सुरु हुन्छ–भौतिक संसारको परिचित जीवनदेखि अज्ञात स्थलतर्फको अनिश्चित यात्रा। किनकी मृत्युपछि को कहाँ हुन्छ वा मानव अस्थित्व के हुन्छ भन्ने बारे अहिलेसम्म कसैले देखेको छैन। छन् भने केबल मिथ्या कल्पना र भ्रममात्र।
मृत्यु यात्राले हाम्रो भौतिक शरीरलाई अज्ञात स्थलमा पुर्याउँछ। मृत्युसम्म पुग्ने यात्रा आफैमा कोशेढुंगा हुन सक्छ। किनकी हरेक मानिसले मृत्युलाई अनौठो ढंगले अनुभव गर्छ। कोही व्यक्ति केही क्षणमा नै मृत्युको मुखमा पुग्छ भने कोही महिनौं वा बसौंसम्म थला परेर उनीहरुको भौतिक शरीर अन्त्य हुन्छ।
मृत्यु भन्दा १ देखि ३ महिना
जब कुनै मानिसले आफ्नो मृत्यु स्वीकार्छ र मृत्यु आउँदैछ भन्ने महशुस गर्छन्, उनीहरु आफ्नो वरिपरिको वातावरणबाट टाढा हुन्छन्। यो उनीहरुको भौतिक संसार र वरिपरिका मानिसबाट छुट्टिने प्रक्रिया हो।
उनीहरुले साथीभाई, छिमेकी र परिवारका सदस्यबाट पनि टाढा हुन्छन्। जब आफन्तजन आउँछन् मानिसहरुसँग बोल्न वा चासो दिन उनीहरुलाई मन लाग्दैन।
उनीहरुले जीवनबारे सोच्छन् र पुराना सम्झनाहरु स्मरण गर्छन्। मैले जीवन कसरी बाचे भनेर मुल्यांकन गर्छन्। जीवनमा गरेका गल्तीहरुप्रति पश्चताप सुरु गर्छन्। उनीहरुले मर्नका लागि पाँच काम गर्छन्।
मर्न लागेको मानिसको भोक तथा तौल घट्छ र शरीर निस्कृय हुन्छ। ऊर्जाका लागि शरीरलाई खाद्यन्न आवश्यक पर्दैैन। उनीहरु धेरै सुत्छन् र कुनै पनि रमाईला गतिविधि रुचाउँदैनन्।उनीहरुलाई पोषणयुक्त कुनै खानेकुरा आवश्यक पर्दैन। भोक तीर्खा केही लाग्दैन। नखाँदा पनि खासै केही अशर गर्दैन, किनकी यो स्वीकार गरिएको यात्रा हो।
मर्नुभन्दा १ देखि २ साताअघि
मानसिक परिवर्तन: यस अवस्थामा उनीहरु धेरै सुत्छन। बोल्न छोड्नु सामान्य हो। छुट्टै खालको चेतना अनुमान गर्छन्। उनीहरुले धेरै भ्रम देख्छन् जस्तै कसैले पिट्न थालेको छ वा हानी गर्न लागेको छ की भन्ने सोच्छन्। मर्न लागेको मानिस पूर्ण रुपमा भ्रममा बाँचेको हुन सक्छ। आफ्नो अगाडि नभएका मानिसहरुसँग एकोहोरो बोलिरहेको हुन्छ। आफूभन्दा पहिला मरिसकेको मान्छेसँग कुरा गर्छन्। कसैले आफ्ना लत्ता कपडा र खाद्यन्न बाकेर घरभित्रै यत्रतत्र हिड्छन्। उनीहरु आक्रोशित देखिन्छन्। तर उनीहरुको गति र उदेश्य निस्कृय हुन्छ। वास्तवमा उनीहरु यस पृथ्वीमा रहेको भौतिक जीवनबाट टाढा हुन खोजेको लक्षण देखाएका हुन।
शारीरिक परिवर्तनः धेरैलाई शरीर चलाउन गाह्रो हुन्छ। मृत्युको नजिक पुग्दा शरीरले देखाउने संकेत तथा लक्षण यस्ता छन्ः
शरीरको तापक्रम १ डिग्री वा सो भन्दा बढी घट्छ।
रक्तचाप घट्छ
धड्कन अनियमित हुन्छ
श्वासप्रश्वासमा कठिनाई हुन्छ।
रक्त प्रबाह कम्जोर हुने भएको छालाको रंग परिवर्तन भएर पहेलो हुँदै जान्छ।
ओठ कालो र नङ पहेलो हुँदै जान्छ भने आँखा गढेको देखिन्छन्।
श्वासप्रश्वास तलमाथि भइरहन्छ। छिट्टो छिटो श्वास लिने र रोकिने प्रक्रिया सुरु हुन्छ।
श्वास फेर्न कठिनाई हुने र हल्का खोकी लाग्छ।
वाक्य मधुरो हुन्छ र बिस्तारै बोल्न छोड्छन्।
जीवनको अन्तिम गन्तव्य वा समयःमृत्यु हुनुभन्दा केही दिन वा केही घन्टा अघि
यति बेलासम्म उनीहरु मृत्युको नजिक पुगिसकेका हुन्छन्। उनीहरु मृत्युको एकदम नजिकै पुग्दा शक्ति हवात्तै बढ्छ। उनीहरु बेडबाट उठ्न खोज्छन् र आफ्ना हितैसी वा नजिकका मानिसँग बोल्न खोज्छन्। लामो समयको निराहरपछि उनीहरुले खाना माग्छन्। उनीहरुको उर्जा त्यति बाहिर देखिदैन। तर मर्नुअघि हिँड्न समेत खोज्छन्। तर उनीहरुमा देखिएको शक्ति क्षणिक र अन्तिम हो।
जब मृत्यु एकदम नजिक आउँछ उनीहरु पहिल्यैकै लक्षण देखाउन सुरु गर्छन्। श्वास प्रश्वास निकै अनियमित र सुस्त हुन्छ। केही सेकेन्ड श्वास रोकिन्छ। फेरी छिटो–छिटो श्वास फेर्छन। श्वास पक्रिया ढिलो छिटो, ढिलो छिटो भइरहन्छ। श्वास लिने ठाँउ साघुरिदै जान्छ र त्यसले घ्यार–घ्यार आवाज आउँछ।
हात र खुट्टामा कलेजी रंगको दाग देखिन थाल्छ। बिस्तारै हात तथा खुट्टामा रक्त प्रबाह रोकिन थाल्छ। ओठ र नङ कलेजी रंगको हुन थाल्छ। यसबेलासम्म उनीहरुले रेसपोन्स गर्न छोडिसकेका हुन्छन्। आँखा खुला वा अर्ध खुला हुन्छ तर उनीहरुले केही पनि देख्दैनन्। यसबेला उनीहरुको शरीरको एकमात्र चेतना भनेको सुन्न सक्ने हो। उनीहरुले बिस्तारै सुन्छन्। त्यही भएर आफन्तजन वा अन्य व्यक्ति मर्न लागेको मानिसको छेउमै बसेर अन्तिम इच्छा सोधिन्छ। अन्त्यमा श्वास रोकिन्छ र मुटुको धड्कन पनि बन्द हुन्छ। यसबेलासम्म उनीहरु मृत्युको काखमा पुगेका हुन्छन्।