काठमाडौं - सानेपास्थित स्टार अस्पतालले ज्येष्ठ नागरिकलाई घर–घरमै स्वास्थ्य सेवा दिन सुरु गरेको छ। ‘वी कान्ट वेयट’ भन्ने नाराका साथ अस्पतालले ज्येष्ठ नागरिकहरुलाई घर–घरमै स्वास्थ्य सेवा दिन सुरु गरेको हो।
यो सेवा अन्तर्गत ल्याब परीक्षण, फिजियोथेरापी सेवा, डाइट प्लान, चिकित्सकीय परामर्श, औषधि, उक्तचाप परीक्षण, शरीरमा अक्सिजनको मात्रा जाँच, पल्स, शरीरको तापक्रम जाँच लगायत रहेकोे छ।
यदी अस्पताल आउनु परे स्वास्थ्यकर्मी सहितको यातायात सेवा नि:शुल्क उपलब्ध गराइने अस्पतालले जनाएको छ। यो सेवा प्रदानका लागि अस्पतालले छुट्टै विभागको स्थापना समेत गरेको छ।
यो सेवा लिन अस्पतालले वार्षिक सदस्यता कार्डको व्यवस्था गरेको छ। प्रति व्यक्ति सदस्यता शुल्क पाँच हजार र दम्पत्तिको शुल्क ८ हजार ८ सय ८८ रहेको अस्पतालले जनाएको छ।