काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधारभुत स्वास्थ्य सेवामा आधारित स्तरीय उपचार पद्दति (स्ट्यान्डर्ड ट्रिटमेन्ट प्रोटोकल) सार्वजनिक गरेको छ।
शुक्रबार स्वास्थ्य मन्त्रालयमा एक कार्यक्रम गर्दै सो प्रोटोकल सार्वजनिक गरिएको छ।
संविधानमा उल्लेख भएअनुसार प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निशुल्क उपलब्ध गराउन सो प्रोटोकल बनाइएको जनाइएको छ।
सो प्रोटोकलमा जनस्वास्थ्य सेवा नियामवली २०७७ अनुसार आधारभुत स्वास्थ्य सेवा अन्तर्गत प्रदान गरिने ९ वटा सेवा क्षेत्रहरुको सेट सूचीबद्ध गरिएको छ।
सो प्रोटोकलले सबै स्वास्थ्य संस्थाहरुबाट एकरुपताको आधारभुत स्वास्थ्य सेवा प्रदान गर्न सहज हुने मन्त्रालयले जनाएको छ।
यस्तो छ प्रोटोकल