काठमाडौं- नेपालमा अझैं तीन जिल्लामा ५०० भन्दा बढी कोरोनाका सक्रिय संक्रमित रहेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ, ललितपुर र कास्कीमा ५०० भन्दा बढी सक्रिय संक्रमित छन्।
यस्तै मोरङ, झापा, सुनसरी, धनुषा, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, बाँके, रुपन्देही र कैलालीमा २०० भन्दा बढी सक्रिय संक्रमित छन्। पछिल्लो २४ घन्टामा कूल सात हजार ७४३ नमूना परीक्षण गर्दा ३१८ जनामा संक्रमण पुष्टि भएको छ। हालसम्म नेपालमा नौ लाख ५४ हजार ९०३ जनामा संक्रमण पुष्टि भएको छ।
आज ५६२ जना कोरोनामुक्त भएका छन्। देशभर सक्रिय संक्रमितको सङ्ख्या नौ हजार ६७८ छ। सक्रिय संक्रमितमध्ये नौ हजार ४०६ होम आइसोलेसन, २७२ संस्थागत आइसोलेसन, ९३ आइसियू र १७ जना भेन्टिलेटरमा छन्।