काठमाडौं- नेपालमा थप २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६९३६ पीसीआर परीक्षण गर्दा ६८ जना र ३१५६ जनाको एन्टिजेन परीक्षण गर्दा १५८ जनामा कोरोना पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा शुन्य मृत्यु रहेको छ। यही अवधिमा २५१ जना संक्रमणमुक्त भएका छन्।