काठमाडौं- नेपाल नर्सिङ काउन्सिलले नर्स जिता बरालको नर्सिङ लाइसेन्स (काउन्सिल दर्ता) खारेज गरेको छ। काउन्सिलको गत चैत १३ गते बसेको बैठकले बरालको नाम काउन्सिलको दर्ता किताबबाट हटाउने निर्णय गरेको थियो। उक्त निर्णय हालै मात्र सार्वजनिक गरिएको हो।
काउन्सिलका अनुसार बरालको दर्ता नम्बर ८८९४ थियो। अब उनको दर्ता नम्बर हटाइएको छ।
नर्स बरालले २०७७ असोज ६ गते ट्रम सेन्टरमा अभद्र व्यवहार गरेकी थिइन्। उक्त दिन उनले ट्रमा सेन्टरको आकस्मिक कक्षमा जथाभावी बोल्दै अभद्र व्यवहार गरेको भिडियो नै सार्वजनिक भएको थियो। उक्त घटनापछि ट्रमाका तत्कालिन निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा सन्तोष पौडेलले बराललाई कारबाहीका लागि पत्र पठाएका थिए। सोही पत्रपछि काउन्सिलल छानबिन अगाडि बढाएको थियो।
काउन्सलको छानबिनका क्रममा बरालले काउन्सिलको आचारसंहिता उल्लंघन गरेको देखिएपछि दर्ता किताबबाट नाम हटाउने निर्णय गरेको हो।