काठमाडौं- अमेरिकी राजदूत र्याण्डी बेरीले मकवानपुर जिल्लास्थित काँकडा स्वास्थ्य चौकीको उद्घाटन गरेका छन्।
स्वास्थ्य चौकी अमेरिकी जनताहरूको सहयोगमा युएसएआइडी नेपालद्वारा पुनर्निर्माण गरिएको हो। काँकडा स्वास्थ्य चौकी युएसएआइडीद्वारा चार भूकम्प प्रभावित जिल्लाहरूमा पुनर्निर्माण गरिएको ३६ शैक्षिक तथा स्वास्थ्य संस्थाहरूमध्ये एक हो।
यी भूकम्प प्रतिरोधी, साधन सम्पन्न स्वास्थ्य संस्थाहरू तथा बालबालिका एवं अपाङ्गमैत्री विद्यालयहरूले २ लाख ४० हजार जना भन्दा बढी अति पिछडिएका तथा वन्चित समुदायका व्यक्तिहरूलाई प्रत्यक्ष फाईदा पुग्नेछ।