काठमाडौं– काठमाडौंको टोखा नगरपालिकाको प्रमुखमा स्वास्थ्यका मुद्दा बोकेर चुनाव लडेकी नर्स रजनी थापा थोरै मतान्तरले पराजित भएकी छिन्। नेपाली कांग्रेसकी उम्मेदवार नर्स थापा एमालेका प्रकाश अधिकारीसँग १७४ मतान्तरले पराजित भएकी हुन्।
एमालेका मेयर उम्मेदवार अधिकारी १० हजार ३ सय ४० मत ल्याएर निर्वाचित भएका छन्। थापाको १० हजार १ सय ७७ मत आएको छ।
मेयरमा पराजित थापा नर्स हुन्। उनले पिसिएल नर्सिङ, स्नातक मानविकी, एलएलवी, राजनीतिक शास्त्रमा स्नातकोत्तर गरेकी छिन्।
चुवानको क्रममा दीर्घरोगीहरूका लागि वार्षिक स्वास्थ्य शिविर, प्रेग्नेन्सी किटदेखि पोषण कार्यक्रम र सामुदायिक अस्पतालमा सुविधा थपेर नयाँ ढंग र फरक रुपमा लैजाने योजना थापाले अघि सारेकी थिइन्। उनले स्वास्थ्यका विभिन्न कार्यक्रमहरु लिएर आफ्नो क्षेत्रमा लैजाने गर्दै आएकी छिन्।
यस्तै, उपमेयरमा कांग्रेसका उम्मेदवार मुरारी तामाङ निर्वाचित भएका छन्। उनले १० हजार १ सय ३२ मत प्राप्त गरेका छन्। उनले एमालेका उम्मेदवार ज्ञानमाया डंगोललाई पराजित गरेका हुन्। डंगोलले ९ हजार ५ सय १८ मत ल्याएकी थिइन्।