काठमाडौं- डा विनोद यादव वडा अध्यक्षमा निर्वाचित भएका छन्। उनी सर्लाही जिल्लाको चक्रघट्टा गाउँपालिका वडा न २ को वडा अध्यक्षमा चुनिएका हुन्। आयुर्वेद डा यादव नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्ष निर्वाचित भएका हुन्।
उनले आयुर्वेद क्याम्पस किर्तीपुरबाट बिएएमएस पास गरेका हुन्। उनले यसअघि राष्ट्रिय आयुर्वेद अनुसन्धान केन्द्रमा समेत काम गरिसकेका छन्।