काठमाडौं- काभ्रेपलान्चोकको भकुन्डेबेसीमा अवस्थित मेथिनकोट अस्पतालले करारका लागि विभिन्न पदमा कर्मचारी माग गरेको छ। अस्पतालले एक विज्ञापन प्रकाशित गरी विभिन्न पदमा १४ जना कर्मचारी माग गरेको हो।
अस्पतालले आठौँ तहको मेडिकल अधिकृत २ जना, पाचौं तहका स्टाफ नर्स २ जना र रेडियोग्राफीका ३ जना, ल्याब टेकनिसियन ३ जना, हेल्थ असिस्टेन्ट २ जना, फार्मेसी सहायक १ जना र सहायक तहका कम्प्यूटर अपरेटर १ जना माग गरेको हो।