काठमाडौं- सप्तरीको रूपनी गाउँपालिका अध्यक्षमा निर्वाचित दिनेशकुमार यादवले आफ्नो विजयोत्सव मनाउन गाउँपालिकाभरि विदा दिएका छन्।
वैशाख ३० गते भएको स्थानीय तह चुनावबाट रूपनीको अध्यक्षमा निर्वाचित दिनेशकुमार यादवले आफ्नो विजयोत्सव मनाउन गाउँपालिकाभरिका स्वास्थ्य संस्थामा समेत विदा दिन निर्देशन दिएका हुन्।
पद तथा गोपनियताको सपथ पनि नलिएका यादवको निर्देशनअनुसार गाउँपालिकाले आज पालिकाभरि सार्वजनिक विदा दिएको छ। अध्यक्षमा निर्वाचित भएका यादव लोकतान्त्रिक समाजवादी पार्टीका हुन्।