काठमाडौं - सरकारले ५ देखि ११ वर्ष उमेरका बालबालिकालाई कोभिड १९ विरुद्धको खोप लगाउन सुरु गर्ने घोषणा गरेको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ५ देखि ११ वर्ष उमेरका बालबालिकालाई खोप लगाउन सुरु गर्ने बताइन्।
नेपालमा हालसम्म कुल जनसंख्याको ७६ दशमलव ६ प्रतिशतले कम्तीमा एक र ६७ दशमलव ७ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन्।