काठमाडौं- काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७ दक्षिण ढोकामा आइतवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ।
कागेश्वरी मनोहरा–६ को श्रीद बचत तथा ऋण सहकारी संस्था र काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको सहकार्यमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो।
स्थानीय मनकामना माध्यामिक विद्यालयमा सञ्चालन भएको शिविरमा ८६३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ। जसमध्ये १२१ जनाको रक्त परीक्षण, ९७ जनाको भिडियो एक्सरे र ८९ जनाको ईसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए।
त्यस्तै दाँतको समस्या भएर शिविरमा आएका २२ जनाको दाँत खोलिएको छ भने शिविरमा उपचार सम्भव नभएका २४ जनालाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ।