काठमाडौं- विश्व सुर्तीजन्य पदार्थ रहित दिवसको अवसरमा काठमाडौं क्यान्सर सेन्टरद्धारा विभिन्न कार्यक्रम गरिएको छ।

धूम्रपानले क्यान्सरका साथै वातावरण पनि प्रदूषित र नष्ट गर्छ भन्ने जनचेतना जगाउन र्यालीको आयोजना गरिएको छ।



कार्यक्रममा भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति लगाएतको उपस्थिती रहेको थियो। 