काठमाडौं- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्यानडाको मेमोरियल विश्वविद्यालय न्यूफाउन्डल्यान्डबीच सम्झौता भएको छ।स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानका विषयमा सहकार्य गर्न दुई संस्थाबीच सम्झौता भएको हो।
सम्झौता पत्रमा प्रतिष्ठानका तर्फबाट उपकुलपति डा मंगल रावल र मेमोरियल विश्वविद्यालयका तर्फबाट भाइस प्रेसिडेन्ट डा मार्गरेट स्टीलीले हस्ताक्षर गरेका छन्।
सम्झौता पाँच वर्षका लागि गरिएको हो। ग्रामिण तथा दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा तथा शिक्षा दिइरहेका यी दुई संस्थाले स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा र अनुसन्धानका विषयमा आपसी सहयोग र अनुभव आदानप्रदान गर्ने छन्।