काठमाडौं- नुवाकोटको विदुर नगरपालिका–८ मा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ। काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र लायन्स क्लब अफ काठमाडौं वन्डर वुमनको सहकार्यमा दुईदिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो।
भैरव माध्यमिक विद्यालय हात्तीगौडामा सञ्चालन भएको शिविरको पहिलो दिन बिहीवार ९९५ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ। जसमध्ये २०१ जनाको रक्त परीक्षण, १४२ जनाको भिडियो एक्सरे र १०२ जनाको ईसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए।
त्यस्तै शिविरमा उपचार सम्भव नभएका ५५ जना बिरामीलाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको छ। शिविर शुक्रवार पनि सञ्चालन हुनेछ।