काठमाडौं– आइतबार नियुक्त भएका नयाँ मन्त्रीहरूले सोमबार शपथ लिने भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार साँझ कांग्रेस, माओवादीका मन्त्रीलाई यथावत राख्दै एकीकृत समाजवादीले सिफारिस गरेकालाई नयाँ मन्त्रीमा नियुक्त गरेका थिए।
राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार टिका ढकालका अनुसार नवनियुक्त मन्त्रीहरुको शपथ सोमबार बिहान ११ बजे गराउने तयारी भइरहेको छ।
जीवनराम श्रेष्ठले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन, मेटमणि चौधरीले शहरी विकास, भवानीप्रसाद खापुङले स्वास्थ्य तथा जनसंख्या, शेरबहादुर कुँवरले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र हिराचन्द्र केसीले स्वास्थ्य राज्यमन्त्रीको शपथ लिनेछन्।
स्वास्थ्य मन्त्रालयमा नवनियुक्त मन्त्रीको स्वागत र पूर्वमन्त्री विरोध खतिवडाको बिदाइ कार्यक्रम राखिएको छ। मन्त्रालयमा मध्यान्न १२ बजे नवनियुक्त मन्त्री खापुङ र राज्यमन्त्रीको स्वागतसँगै खतिवाडाको विरोध कार्यक्रम राखिएको बताइएको छ।