काठमाडौं - राष्ट्रिय फार्मेसी संघ नेपालले संघर्ष समिति गठन गर्ने निर्णय गरेको छ। अस्पतालले बिना जानकारी अस्पताल फार्मेसी सञ्चालन निर्देशिका २०७८ ल्याएको भन्दै त्यसको विरोध स्वरुप संघले समिति गठन गर्ने निर्णय गरेको हो।
२०७२ को निर्देशिकामा रहेका राम्रा प्रावधानलाई हटाउँदै सरकारले छापामार शैलीमा अस्पता फार्मेसी निर्देशिका ल्याएको संघले जनाएको छ।
निर्देशिका संशोधनका लागि सरकारलाई विभिन्न स्तरबाट दबाब दिन संघर्ष समिति गठन गरिएको राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका केन्द्रीय कमिटि सदस्य निरज बर्तौलाले जानकारी दिए। उक्त समितिले निर्देशिका संशोधनका लागि स्वास्थ्य मन्त्री, स्वास्थ्य सचिव र सम्बन्धित निकायसँग छलफल गर्ने उनले बताए।
फार्मेसी पेशालाई धरासायी बनाउन आफुखुशी र बिना जानकारी निर्देशिका ल्याएको संघले जनाएको छ।