काठमाडौं- दाङको राप्ती गाउँपालिकाले स्वास्थ्य चौकीमा स्वास्थ्य सेवा विस्तार तथा आकस्मिक सेवा संचालन गर्नका लागी डाक्टर माग गरेको छ।
राप्ती गाउँकार्यपालिकाको साउन ५ को निर्णयअनुसार राप्ती गाउँपालिका अन्तर्गत सिसहनिया स्वास्थ्य चौकी र लालमटिया स्वास्थ्य चौकीमा स्वास्थ्य सेवा विस्तार तथा आकस्मिक सेवा संचालन गर्नका डाक्टरको माग गरिएको हो।
पालिकाले करारमा तीनजना मेडिकल अधिकृत आठौं तह माग गरेको छ। एमबीबीएस कोर्ष उतिर्ण भई सम्बन्धित परिषदमा दर्ता भएकाले आवेदन दिन सक्नेछन।