काठमाडौं–गर्भवती अवस्थामा चाहिने सल्लाह, विज्ञ र सेवा दिने संस्थाहरुबारे जानकारी दिने उद्देश्यले ‘मेरो मम्मा’ नाम एप सार्वजनिक गरिएकाे छ। बाइनरी गेटवे प्रालिले सोमबार एप सार्वजनिक गरेको हो।
एपमा गर्भवती र नवजात शिशुका आमाहरुसँगको अनलाइन सम्पर्क, शिशु सामग्री किन्नका लागि सहज र सरल अनलाइन पसललगायत समावेश गरिएका छन्।
गर्भवती महिला र नवजात शिशुहरुका लागि चाहिने सूचनामूलक लेख, सम्पर्क ठेगाना, उत्पादन तथा सामग्री बिक्रीका लागि एकीकृत मोबाईल एपको विकास गरि लञ्च गरिएको कम्पनीका संस्थापकमध्येका एक रवि अग्रवालले जानकारी दिए।