काठमाडौं- कोहलपुर नगरपालिकाले समायोजनमा मिलान भएर नगरपालिका अन्तर्गतका कार्यालयमा पठाइएका १७ जना स्वास्थ्यकर्मीलाई स्वास्थ्य मन्त्रालयमा फिर्ता पठाएको छ। नगरपालिकाले स्वीकृत दरबन्दीभन्दा बढी कर्मचारी भएको भन्दै १७ जनालाई मन्त्रालयमा नै फिर्ता पठाउने निर्णय गरेको हो।
नगरपालिकाले दरबन्दीभन्दा बढी भएका कर्मचारीलाई तलब भत्ता उपलव्ध गराउन नसक्ने भन्दै मन्त्रालयलाई फिर्ता पठाएको जनाकारी दिएको छ। फिर्ता पठाउने निर्णय र फिर्ता पठाइएका कर्मचारीको नामसहित नगरपालिकाले मन्त्रालयमा पत्र पठाएको छ।
यी हुन् फिर्ता पठाउने निर्णय भएका १७ कर्मचारी