काठमाडौं–एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमा कोरोना संक्रमण देखिएको छ। बिहीबार गरिएको परीक्षणमा उनमा संक्रमण देखिएको हो।
हाल उनी सामान्य लक्षणसहित घरमै आराम एवं स्वास्थ्यलाभ गरिरहेका छन्। केही दिनका लागि उनको भेटघाट तथा निर्धारित कार्यक्रमहरु स्थगित गरिएको नेपालको निजी सचिवालयले जनाएको छ।