काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नवौं तहमा कार्यरत एक चिकित्सकलाई सेवाबाट बर्खास्त गरेको छ। मन्त्रालयले कोशी अस्पतालमा कार्यरत नवौं तहका डा ओमविजु पन्तलाई कारबाही गरेको हो।
मन्त्रालयले लोक सेवा आयोगसँगको परामर्शमा डा पन्तलाई सरकारी सेवाबाट हटाएको हो। कन्सलटेण्ट रेडियोलोजिष्ट डा पन्तलाई स्वास्थ्य मन्त्रालयले सेवाबाट हटाउनअघि स्पष्टीकरण सोधेको थियो। स्पष्टीकरणमा चित्तबुझ्दो जवाफ नआएपछि मन्त्रालयले उनलाई भविष्यमा स्वास्थ्य सेवाको लागि अयोग्य नठहरिने गरी हटाएको हो।
डा पन्त बिदा स्वीकृत नगराई २०७५ वैशाख २ गतेदेखि कोशी अस्पतालमा अनुपस्थित थिए। उनलाई स्वास्थ्य सेवा ऐनको दफा ७४ अनुसारको कसुरमा कारबाही गरिएको हो।
