काठमाडौ- पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल भर्ना भएकी छन्।। रूघा र ज्वरोसहित घाँटीमा समस्या आएपछि बुधबार साँझ मेडिसिटी अस्पताल भर्ना भएकी हुन्।
उनी केही दिनअघि हिमानी ट्रस्टको कार्यक्रमका लागि अस्ट्रेलिया गएकी थिइन्। त्यहीँ उनको घाँटीमा समस्या सुरू भएको पारिवारिक श्रोतले जानकारी दियो।
उनी अस्ट्रेलियाबाट सोमबार काठमाडौं फर्किएकी हुन्। यहाँ आएपछि पनि घाँटीको समस्या कम नभएपछि बुधबार अस्पताल भर्ना भएकी हुन्।