काठमाडौं- एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत एक विद्यार्थी मृत अवस्थामा फेला परेका छन्। नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी मृत अवस्थामा फेला परेका हुन्।
नेपालगन्ज उपमहानगरपालिका–८ रानितलाउ निवासी २५ वर्षीय सिद्धार्थ बैश्य मेडिकल कलेजको छात्राबासमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी ऐनबहादुर मल्लले जानकारी दिए।
बैश्यको शव पंखामा झुन्डिएको अवस्थामा फेला परेको थियो। बैश्यको शव पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगञ्जमा लगिएको छ।