काठमाडौं- नेपाल मेडिकल काउन्सिलको अस्थायी दर्ता प्रमाणपत्रका लागि सक्कल प्रमाणपत्रहरु रुजु गर्न एसएमएसमार्फत सूचना दिइने भएको छ।
सूरुमा पेशभएको प्रमाणपत्र र सक्कल प्रमाणपत्र बिच फरक पर्न गएकोले देखिएको एसएमएस मार्फत सूचना दिइने र रुजु भएपछि प्रमाणपत्र तयार गरिने छ।
अध्ययन पूरागरेका विद्यार्थीहरुले अनलाईन आवेदन गरेपश्चात सक्कल प्रमाणपत्रहरु रुजु गर्नका लागि
एसएमएस मार्फत सूचना दिइने र रुजु भएपछि प्रमाणपत्र तयार गरिने छ।
व्यक्तिगत विवरण (बायोमेट्री, फोटो र हस्ताक्षर) सनाखत भएपछि मात्र अस्थायी प्रमाणपत्र जारी गरिने छ।
परीक्षार्थीहरुले दुबै प्रक्रिया एकैपटक समेत गर्न पाउने र व्यक्तिगत विवरण सनाखत भैसकेकाहरुको हकमा आधिकारिक मञ्जुरीनामा पेश भएमा प्रमाणपत्र लिन स्वयं उपस्थित हुन नपर्ने जनाइएको छ।
