काठमाडौं- चिकित्सा शिक्षा आयोगले सेल्फ अप्राइजल भर्ने समय थप गरेको छ। आयोगले चिकित्सा शिक्षाका कार्यक्रम संचालन गर्ने सवै विश्वविद्यालय प्रतिष्ठान तथा शिक्षण संस्थाहरुलाई पत्र पठाउँदै अनलाइन सेल्फ अप्राइजल भर्ने समय भदौ ७ गतेसम्म थप गरेको जनाएको छ।
यसअघि अनलाइन सेल्फ अप्राइजल भर्ने अन्तिम मिति साउन ३१ गतेसम्म तोकिएको थियो।
केही शिक्षण संस्थाबाट प्राविधिक कारणले अनलाइन सेल्फ अप्राइजल भर्न कठिनाइ भएकोले समय थपका लागि अनुरोध गरेपछि आयोगले समय थप गरेको हो।