काठमाडौं - कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत डा करण साह यतिखेर काठमाडौंमा छन्। आफ्नो उपचार गर्न र दोषिलाई कारबाही र न्यायको निम्ति उनी धाइरहेका छन्। उनको यो यात्रामा डटेर लागिरहेको छ, नेपाल चिकित्सक संघ।
संघकै पहलमा उनलाई उपचार र न्यायका लागि काठमाडौं ल्याइएको थियो। डा साह गत भदौ ३ गते छोराको उपचार गर्न नमानेको भन्दै प्रतिष्ठानकै कर्मचारीद्धारा कुटपिटमा परेका थिए।
न्यायका लागि भौतारिरहेका डा साह चिकित्सकहरु सुरक्षित भएर काम गर्ने वातावरण नभएको बताउँछन्। डा साहसँग हामीले त्यस दिन भएको घटना के थियो? सरकारले चिकित्सकका लागि सुरक्षित वातावरण बनाउन के गर्नुपर्छ भन्ने विषयमा थप कुराकानी गरेका छौँ: