काठमाडौं- फार्मेसी शिक्षाको अध्ययन÷अध्यापनको विषयमा केन्द्रीत तीनदिने गोष्ठी काठमाडौंमा सुरु भएको छ। नेपाल फार्मास्युटिक सिम्पोसियम (एनपीएस) को आयोजनामा बिहीबारदेखि तीनदिने गोष्ठी सुरु भएको हो।
‘विश्व औषधिमुलो गर्दा बिरामीको सुरक्षा’ भन्ने नाराका साथ विश्व फार्मेसी सप्ताह मनाईदैछ। उक्त गोष्ठीमा फार्मेसी शिक्षाको अध्ययन÷अध्यापनको दिशा के कस्तो हुनुपर्छ? भन्ने विषयमा प्रस्तुतीकरण हुने एनपीएसकी निजन उपाध्यायले बताइन्।
गोष्ठीको उद्घाटन सत्रमा औषधि व्यवस्था विभागका पूर्व महानिर्देशक बालकृष्ण खकुरेलले फार्मेसी शिक्षालाई संस्थागत गरी प्रत्येक शैक्षिक संस्थामा फार्मेसीको विभिन्न विधामा अनुसन्धानका लागि प्रोत्साहन गर्नुपर्ने बताए। फार्मेसीका विभिन्न १० विधामा इन्टर्नसिपको कार्यक्रम अवधि बढाई विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्नुपर्नेमा उनले जोड दिए।
कार्यक्रममा निस्ट हेल्थका डा जीवराज आचार्यले फार्मेसीमा अनुसन्धानका साथै औषधिको कच्चा पदार्थ उत्पादनमा राष्ट्रले ध्यान दिनुपर्ने बताए। नेपाल स्वास्थ्य अनुसन्धान परिषदकी नमिता घिमिरले फार्मेसी क्षेत्रमा एक सयभन्दा बढी अनुसन्धान प्रस्ताव अनुमोदन भएको जानकारी दिइन्।
साथै फार्मेसीको क्षेत्रमा अनुसन्धानका लागि परिषद सहकार्य गर्न तयार रहेको बताइन्। साउन वेस्र्टन स्टेट कलेज बसुन्धराका उपप्रमुख हरि केसीले स्वदेशमै अवसर दिई विदेश पलायत हुनबाट रोक्न सुझाव समेत दिएका छन्।
फार्मेसी विद्यार्थी संगठनकी अध्यक्ष विमा शर्माको अध्यक्षतामा सुरु भएको गोष्ठीको व्यवस्थापन सल्लाहकार समितिमा नेपाल औषधि उत्पादक संघका अध्यक्ष प्रज्वलजंग पाण्डे, डा अनुपराज उप्रेती, निजन उपाध्याय, अतिस कौडिन्य र दिवाकर रिजाल रहेका छन्।