काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश सरकारबाट संचालन तथा व्यवस्थापन हुने ५० शय्याका जनरल अस्पताल (साविक जिल्ला अस्पताल) र २०० शय्याका प्रादेशिक अस्पतालहरुको लागि नयाँ संगठन संरचना स्वीकृत गरेको छ।
संगठन संरचना स्वीकृत गरेसँगै मन्त्रालयले कार्यान्वयनका लागि संघीय मामीला तथा सामान्य प्रशासन मन्त्रालयमार्फ सातवटै प्रदेश अन्तरगतका स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेको छ।
साथै यसको कार्यान्वयनका लागि आवश्यक पर्ने आर्थिक दायित्व सम्बन्धित प्रदेशहरुबाटै व्यवस्था गर्नुपर्ने छ।
नयाँ संरचनामा जनस्वास्थ्यको समेत दरवन्दी सृजना गरिएको छ। नर्सिङ्, पारामेडिक्स, जनस्वास्थ्य विशेषज्ञ चिकित्सक लगायत धेरै स्वास्थ्य जनशक्तिको दरवन्दी नयाँ संरचनामा समेटिएको छ। अब २०० शय्याका प्रादेशिक अस्पतालमा ५०० जनशक्ति रहनेछन् भने ५० शय्याका प्रादेशिक अस्पतालमा १४९ जनशक्ति रहनेछन्।
डा गोविन्द केसी र सरकारबीच भएको सहमति कार्यान्वयन गर्न सुरु
प्राडा गोविन्द केसी र सरकारबीच प्रदेश अन्तरगतका ५० र २०० शय्याका प्रादेशिक अस्पतालहरुको नमुना संगठन संरचनाको मस्यौदालाई अन्तिम रुप दिइ आवश्यक प्रक्रियाको लागि प्रदेश मन्त्रालयहरुलाई पत्राचार गर्ने सहमति भएको थियो। सहमति भएको २४ घण्टा नपुग्दै सरकारले उक्त सहमति कार्यान्वयन गर्न सुरु गरेको छ।
हेर्नुहोस ५० र २०० शय्याका प्रादेशिक अस्पतालको संगठन संरचना







