काठमाडौं- हेल्थ असिस्टेन्ट संघले स्थानीय तहको आधारभूत स्वास्थ्य केन्द्रको दरबन्दी संरचनामा असन्तुष्टी जनाएका छ। संघले दरबन्दी संरचना सुधारको माग गर्दै स्वास्थ्य तथा जनसंङ्ख्यामन्त्री भवानीप्रसाद खापुङलाई ज्ञापनपत्र बुझाएको छ।
संघले आधारभूत स्वास्थ्य केन्द्रको दरबन्दी संरचनामा शैक्षिक योग्यताको अवमूल्यन भएको भन्दै त्यसलाई सुधार गर्न माग गरेको हो। संघले आफूहरूका माग सम्बोधन नभए चरणवद्ध आन्दोलनको कार्यक्रम घोषणा गर्ने चेतावनी पनि दिएको छ।
स्थानीय तहमा रहने आधारभूत स्वास्थ्य केन्द्रको दरबन्दी संरचनामा शैक्षिक योग्यताको अवमुल्यन भएको संघको भनाई छ।
ज्ञापनपत्र बुझाउँदै हेल्थ असिस्टेन्ट संघका अध्यक्ष दाताराम अधिकारीले स्वास्थ्य केन्द्रको संगठन संरचना अवैज्ञानिक र असमान रुपमा बनाइएको आरेप लगाए।