काठमाडौं- डा चिन बहादुर पुन टेकु अस्पतालको अध्यक्षमा नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा गत शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले पुनलाई टेकु अस्पतालको अध्यक्षमा नियुक्त गरेको हो।
पुन २०५१ सालबाट क्यान्सर अस्पताल भरतपुरमा कार्यरत थिए। यस्तै २०७१ वैशाखदेखि २०७४ बैशाखसम्म बीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशक थिए।
उनी कार्यकारी निर्देशक हुँदा चिनियाँ सरकारबाट ३५ करोडका ठुला-साना मेसिन/औजार अस्पतालमा अनुदान स्वरुप ल्याएका थिए। यसैगरी मन्त्रिपरिषदको बैठकले डा विदुर वस्तीलाई थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको अध्यक्षमा नियुक्त गरेको छ।