काठमाडौं- डेंगु संक्रमणका कारण चितवनमा एक महिलाको मृत्यु भएको छ। राप्ती नगरपालिका–७ की ४० वर्षीया महिलाको डेंगुका कारण मृत्यु भएको हो।
स्वास्थ्य कार्यालयका अनुसार स्थानीय मौलाकालिका पोलिक्लिनिकमा परीक्षणका क्रममा ती महिलामा डेंगु पुष्टि भएको थियो। उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिए।
यसअघि यही असोज २ गते रत्ननगर नगरपालिका–१ का २७ वर्षीय पुरुषको डेंगुका कारण मृत्यु भएको थियो।