देशभर अहिले चुनावी माहोल छ। प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिँदै जाँदा पाँच वर्ष अघि दलहरुले स्वास्थ्यका विषयमा गरेका घोषणाहरु, आगामी दिनमा राख्नुपर्ने प्राथमिकता, पाँच वर्षको अवधिमा मन्त्री र राज्यमन्त्री गरी १० जना मन्त्री हुँदा परेका असर लगायतका विषयमा स्वास्थ्यखबरले नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीसँग कुराकानी गरेको छ।
डा कार्कीसँगको भिडियो वार्तामा डा कार्कीले नेपालमा अब स्वास्थ्य प्रणाली नै नयाँ बनाउन आवश्यक रहेको कुरामा जोड दिएका छन्। उनले कोभिड महामारीले देखाएको स्वास्थ्य प्रणालीको कमजोरीबाट सिक्दै नेपालले नयाँ स्वास्थ्य प्रणाली नै बनाउन आवश्यक रहेको कुरामा जोड दिएका हुन्। उनले पाँच वर्षमा भएका १० स्वास्थ्यमन्त्री जनस्वास्थ्यका विषयमा कति गम्भीर देखिए भन्ने विषयमा पनि जानकारी दिएका छन्।
हेरौं डा कार्कीसँगको भिडियो कुराकानी: