काठमाडौँ- चिकित्सा शिक्षा डीएम/ एमसीएच/ एनबीएमएस-एसएस शैक्षिक कार्यक्रमहरुको अन्तिम म्याचिङको नतिजा तथा भर्ना सूची प्रकाशन भएको छ।
चिकित्सा शिक्षा आयोगले आज सूची प्रकाशन गरेको हो । यी कार्यक्रमका लागि असोज ९ गते एकीकृत प्रवेश परीक्षा सञ्चालन गरिएको थियो।
कार्तिक ६ गतेको प्रकाशन गरेको सूचनाअनुसार आज आयोगको कार्यालयमा उपस्थित भई योग्यताक्रममा रहेका उम्मेदवारले छनौट गरेका शैक्षिक कार्यक्रम/शिक्षण संस्थाका आधारमा अन्तिम म्याचिङको नतिजा प्रकाशन गरिएको आयोगले जानकारी दिएको छ।
![](https://healthpati.com/public/media/2022_11/5c5922afff495f2a7d71710c03ac6d40.jpg)