हाम्रो बोनम्यारोमा एउटा मेगाकारियोसाइट भन्ने सेल हुन्छ। त्यो सेलको पेरिफेरी या साइटोप्लाज्मबाट निक्लेका सानासाना सेल्सहरुलाई प्लेटलेट्स भनिन्छ। जुन हाम्रो रगतमा देखिन्छ। कतै ब्लिडीङ भएमा त्यसलाई रोक्नको लागि प्लेटलेट्स सक्रिय हुन्छ।
डेंगुमा त्यो भाइरसले गएर बोनम्यारोलाई दबाउने कारणले गर्दा रगतमा प्लेटलेट्सको मात्रा घट्न जान्छ। प्लेटलेटको रेफ्रेन्स रेन्ज १ लाख ५० हजारदेखि ४ लाख वा ४ लाख ५० हजार पर क्युविक एमएम हुन्छ। डेढ लाख भन्दा कम भयो भने प्लेटलेट कम भएको भनिन्छ। तर त्यो कम हुदैँ गएपछि डेंगु हेमोरेजिक फिभर या डेंगु शक हुन सक्ने सम्भावना प्रवल हुन्छ। त्यसकारण डेंगु संक्रमण भएको समयमा डेंगु मोनीटरिङ गर्नु आवश्यक छ। यदी तपाई डेंगु भएर घरमै बसीरहनु भएको छ भने दुईदेखि तीन दिनमा प्लेटलेट काउन्ट गराउनु पर्छ।
०००
प्लेटलेट्स काउन्ट गर्ने धेरै प्रक्रिया भए तापनि अहिले काठमाडौँमा दुई तरिकाले यसको काउन्ट गरिन्छ। एउटा अटोमेटेड सेल काउन्टरबाट गरिन्छ भने अर्को स्लाइडमा म्यानुअल्ली प्लेटलेट्स काउन्ट गरिन्छ।
यी दुवै तरिका राम्रो हो। तर धेरै प्राविधिक कारणले गर्दा अटोमेटेड मेसिनले जुन काउन्ट दिन्छ त्यो भन्दा विश्वासिलो म्यानुअल काउन्ट हुन्छ। म्यानुअलले जे छ सत्य तथ्य देखाउछ भने अटोमेटेडले थोरै कम देखाऊँछ। त्यसकारण डेंगु भएको बिरामीमा या आफ्नो हस्पिटलको ल्याबको प्रोटोकल अनुसार काम गरिन्छ।
सामान्यतय धेरै अस्पतालमा डेढ लाख भन्दा कम प्लेटलेट्स देखिएमा स्लाइड बनाएर म्यानुअल्ली माईक्रोस्कोपमा काउन्ट गरिन्छ। डेंगुमा प्लेटलेट्स धेरै कम भयो भने ट्रान्सफयुज गर्नुपर्ने अवस्था समेत आउन सक्छ। त्यसकारण एक लाख भन्दा कम भयो भने लो रिक्स भनिन्छ। चालिस हजार भन्दा कम भयो भने मोडेरेट रिक्स र २० हजार भन्दा कम भयो भने हाई रिक्समा गनिन्छ। बिरामीको अन्य अवस्था हेरेर डाक्टरहरुले प्लेटलेट्स ट्रान्सफयुज गर्न सक्छन्। त्यसकारण यसको धेरै महत्वपूर्ण भूमिका छ।
डेंगु हुँदा प्लेटलेट मात्रै भनेर बस्नु पनि हुदैंन। किनकी सिबिसी अन्तर्गत प्लेटलेट काउन्ट आउछ। सिबिसीमा अर्को महत्वपूर्ण कुरा टोटल काउन्ट पनि हो। डेंगु हुँदा टोटल काउन्ट घट्दै जान्छ र ठिक हुँदै जाँदा बिस्तारै बढ्छ। ह्म्यामाटोक्रिट अर्को महत्वपूर्ण पक्ष हो, त्यो बढ्दै गयो भने हेमोरेजिक फिभर या डेंगु शक हुने सम्भवना बढी हुन्छ। त्यसकारण दुई देखी तिन दिनमा प्लेटलेट्स काउन्ट गराउनु पर्छ।