शरीर राम्रो बनाउन र स्वस्थ रहन मानिसहरू जिम जाने गर्छन्। जिम सुरु गर्दा फ्याट कन्सर्नटेसन, मसल्स मास, तौल र बिएमआई जस्ता धेरै फिजिकल कुराहरू हेरिन्छ। त्योसँगै भित्रि स्वास्थ्य के भईरहेको छ त्यो पनि पत्ता लगाउन जरुरी छ। जिममा चार पाँच महिना कसरत गरीसकेपछि त्यसले आफ्नो शरीरको भित्रि स्वस्थताको लागि के फाईदा गर्यो भनेर थाहा पाउन पनि रगत जाँच गर्नु आवश्यक हुन्छ। यसरी रगत परीक्षण गर्दा जिम सुरु गर्न भन्दा अगाडी बेसलाईन कस्तो थियो र जिम गईसकेपछि कस्तो भयो भनेर पत्ता लगाउन सजिलो हुन्छ।
०००
जिम सुरु गर्नु भन्दा पहिले सुरुमा फास्टिङ ब्लड ग्लुकोज (सुगर) जाँच गरिन्छ। यदी यो ग्लुकोजको लेभल घटेको रहेछ भने कसरत गर्दा रिंगटा लाग्ने, बेहोस हुने जस्ता समस्या देखा पर्न सक्छ। त्यस्तै यसको लेभल बढी रहेछ भने मधुमेह हुन्छ। तपाईलाई जिम गएर तौल घटीरहेको जस्तो लागे पनि कहिलेकाही यो टेस्ट नगराउदा मधुमेहको कारणले तौल घटीरहेको हुन सक्छ। त्यसैले यो टेस्ट गराउनु आवश्यक छ।
त्यस्तै लिपिड प्रोफाइल पनि अर्को महत्वपूर्ण जाँच हो। किनकी जिम गएर हामीले शरीरको बोसोपन, चिल्लोपन घटाउन खोजिरहेका हुन्छौं। त्यसमा कसरत गरेपछि एचडीएल कोलेस्ट्रोल बढ्छ भने एलडीएल कोलेस्ट्रोल बढ्छ। त्यसकारण भित्रि स्वास्थ्य राम्रो छ भन्ने यो पनि एउटा मापदण्ड हो।
अब अर्को गर्ने पर्ने जाँच हो युरिक एसिड। तपाईको युरिक एसिडको लेभल बढी रहेछ तर तपाईलाई थाहा रहेनछ, तर तपाई हेभी कसरतहरू गर्नु भयो भने डीहाइड्रेसन भयो भने त्यसले मृगौला पत्थरी या गाउट हुने सम्भावना उच्च हुन्छ। त्यस्तै अर्को एकदमै महत्वपूर्ण जाँच हो किड्नी फंक्सन टेस्ट। किड्नीको फंक्सन के छ, हाईड्रेसन स्टाटस के छ र इलेक्टोलाईट ब्यालेन्स के छ शरीरमा भनेर हेर्न जरुरि हुन्छ।
साथै,कलेजो ठिक छ की छैन भनेर पनि हेर्न पनि लिभर फंक्सन टेस्ट गर्नु जरुरि छ। यस्तै, थाईरोइडको पनि टेस्ट गर्नु आवश्यक हुन्छ। थाईरोईडमा ‘टिएसएच’ भन्ने टेस्ट गराउनु पर्छ।टिएसएच बढेको रहेछ भने त्यसलाई हाईपर थाईरोइडीजम भनिन्छ।त्यस्तो अवस्थामा जति नै कसरत गरे पनि, जिउ घटाउन खोजे पनि घट्दैन।टिएसएच घटेको अवस्थामा भने तौल नबढ्ने समस्या हुन्छ।
महिला र पुरुष दुवैको लागि अर्को महत्वपूर्ण जाँच हो टेस्टोस्टोरोन।टेस्टोस्टोरोन लेभल घटेको रहेछ भने दुब्लाउन गाह्रो हुन्छ, बोसो धेरै लाग्छ, मसल्स मास कम हुन्छ त्यसकारण यो टेस्ट पनि जरुरि छ।
अर्को जाँच हो, रुटिन युरिन एनालाईसीस। किनकी पिसाबमा केही समस्याहरू छ की भनेर थाहा पाउन यो जरुरि हुन्छ।
त्यस्तै अर्को महत्वपूर्ण जाँच हो सिबिसी अर्थात् कम्प्लीट ब्लड काउन्ट। तपाईहरुको हेमोग्लोविन लेभल के छ, शरीरमा इन्फेक्सन, एन्फ्लोमेसन के छ भन्ने कुराहरू हेरिन्छ।
यी नौ वटा जाँचहरू जिम सुरु गर्नु भन्दा पहिलेको बेसिक जाँचहरू हो। जिम सुरु गरेको छ महिना या एक वर्षपछि फेरी यही जाँच गर्दा राम्रो भईरहेको छ की छैन या सुधार गर्नुपर्ने के के छ भनेर थाहा पाउन सजिलो हुन्छ। यस्ता जाँचहरूले गरीरहेको कसरत कम गर्ने या अझै बढाउने भन्ने कुरामा पनि सजिलो बनाउँछ। शरीरको बनोट बाहिरबाट राम्रो बनाउदैं गर्दा भित्रि स्वस्थलाई पनि ध्यान दिन यति परिक्षण गर्नुभयो भने ढुक्कसँग स्वस्थ रहन सक्नुहुन्छ।