काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा शर्मा गौतम सोमबारबाट सिंहदरबार सरेकी छिन्। विश्व स्वास्थ्य संगठन नेपाल कार्यालयले सिंहदरबार भित्र बनाएको स्वास्थ्य मन्त्रालयको भवनमा मन्त्री डा गौतमको कार्यकक्ष सरेको हो।
दुई सचिव तथा नीति तथा योजना महाशाखाले पनि मंगलबारदेखि सिंहदरबार भित्रबाटै सेवा दिनेछन् भने बाँकी विस्तारै सर्ने बताइएको छ।
सिंहदरबार परिसरभित्र दक्षिण पश्चिम क्षेत्रमा रहेको नेपाली सेनाको नरसिंह दल गण रहेको क्षेत्रमा मन्त्रालयलाई सारिएको हो। जहाँ विश्वा स्वास्थ्य संगठनले प्रिफ्याब भवन बनाइदिएको छ। जेनजी आन्दोलनपछि भदौ २४ गते भएको प्रदर्शनका क्रममा रामशाह पथमा रहेको मन्त्रालयको भवन जलेर खरानी भएका थिए।


