काठमाडौं - महोत्तरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका महेन्द्रकुमार राय प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। नेपाली कांग्रेसका रायले २५ हजार ४२० मतका साथ निर्वाचित भएका हुन्।
पूर्व स्वास्थ्य राज्यमन्त्री सुरेन्द्रकुमार यादवलाई रायले ४ हजार १२४ मतले पराजित गरेका छन्। यादवले २१ हजार २९६ मत ल्याएका थिए।
तेस्रो स्थानमा रहेका जनमत पार्टीका उम्मेदवार मनोजकुमार साहले १० हजार ३९ मत प्राप्त गरे। चार निर्वाचन क्षेत्र रहेको महोत्तरीमा अब निर्वाचन क्षेत्र नम्बर १ को नतिजा आउन मात्र बाँकी छ।