काठमाडौं- सर्लाही प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा पूर्व स्वास्थ्यमन्त्री राजेन्द्र महतो पराजित भएका छन्। महतोलाई नेकपा माओवादी केन्द्रका उम्मेदवार महिन्द्रराय यादवले पराजित गरेका हुन्।
यादवले २३५२९ मत ल्याएका छन् भने महतोले २१५१६ मत ल्याएका हुन्। महतो २ हजार १३ मतले पछि पर्दै पराजित भएका हुन्।