काठमाडौं- भक्तपुर ताथलीस्थित काठमाडौं क्यान्सर सेन्टरले पेट अर्थात आमाशयको क्यान्सरबारे जनचेतना मुलक कार्यक्रमको आयोजना गरेको छ।
कार्यक्रममा उपत्यका भित्र रहेकf सिद्धार्थ बैंकका कर्मचारीहरुलाई पेटको क्यान्सर हुने सम्भावना, लक्षण र यसबाट बच्ने उपाए बारेमा जानकारी दिइएको थियो।
कार्यक्रममा क्यान्सर रोग विषेशज्ञ डा सुनिल श्रेष्ठले पेटको क्यान्सर किन हुन्छ र यसको उपचार कसरी गरिन्छ भन्ने बारे जानकारी दिएका थिए।
त्यस्तै, क्यान्सर रोग विषेशज्ञ डा लिजा खोशिनले क्यान्सर रोगको प्रारम्भिक अवस्थामा नै पत्ता लागेमा बिरामीको राम्रोसँग उपचार गर्न सकिने र त्यति जोखिम पनि नहुने भएकाले सबै नागरिकले आफ्नो स्वास्थको विशेष ख्याल राख्नु पर्नेमा जोड दिइन।
पेटको क्यान्सर हुने बिरामीले खानपानमा विशेष ध्यान दिनुपर्ने पोषणविद डा रोजिना श्रेष्ठले बताएकी थिइन।
कार्यक्रममा एक सय १० जना बैंकका कर्मचारीहरुको उपस्थित रहेका थिए। पेट अर्थात आमाशयको क्यान्सर नेपालमा सबैभन्दा बढी देखिने क्यान्सरमध्ये पर्दछ। सामान्यतया आमाशयको कोषिकामा गडबड हुनु नै पेटको क्यान्सर हुनु हो। पहिलो र दोस्रो स्टेजमा पेटको क्यान्सरको लक्षण पत्ता लागाउन गाह्रो हुन्छ। धेरैले पेट दुख्दा ग्यास्ट्राइटिस भएको अनुमान गर्छन् र ग्यास्ट्रिकको औषधि प्रयोग गर्छन्।
पेटको क्यान्सर केहीमा वंशाणुगत रुपमै हुने भए पनि अधिकांसमा भने खानपिन र जिवनशैलीका कारण हुने गर्दछ।