काठमाडौं- मधेस प्रदेशको मिडिया काउन्सिलका अध्यक्ष शिवहरी भट्टराई मृत फेला परेका छन्। सर्लाहीको लालबन्दी -१३ पत्थरकोट स्थित होलिडे रिसोर्टमा उनको शव फेला परेको हो।
नेपाल पत्रकार महासंघ सर्लाही शाखाले शनिबार आयोजना गरेको ११ औं साधारण सभामा सहभागी हुन उनी शुक्रबार लालबन्दी पुगेका थिए।
राति खाना खाएर कोठामा पुगेका उनी शनिबार बिहान ओछ्यानमा मृत फेला हुन्। पत्रकार महासंघ सप्तरीका संस्थापक अध्यक्ष समेत रहेका भट्टराईले ओछ्यानमा बान्ता गरेको पाइएको प्रहरीले जनाएको छ।
उनले खाने औषधी छरपस्ट अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। उनी मधुमेह, उच्च रक्तचापका बिरामी थिए।