काठमाडौं– चिकित्सा शिक्षा स्नातकोत्तर तह(पीजी)को प्रवेश परीक्षाको पुनर्याेगको नतिजा प्रकाशन भएको छ। चिकित्सा शिक्षा आयोगले पुस, २, ३ र ४ गते लिएको परीक्षाको पुनर्याेगको नतिजा प्रकाशन गरेको हो। 
आयोगले पीजी प्रवेश परीक्षाका केही कार्यक्रमको नतिजा ४ र बाँकी रहेका विषयको ६ गते नचिजा प्रकाशन गरेको थियो। यस नतिजामा चित्त नबुझेका विद्यार्थीलाई ८ गते अपरान्ह ५ बजेसम्म  पुनर्याेगका लागि आवेदन दिन भनेको थियो।
तोकिएको समयमा आएका आवेदनअनुसार  पुनर्याेग गरी नतिजा प्रकाशन गरेको आयोगले जानकारी दिएको छ। 




