काठमाडौँ- अमेरिका-नेपाल चिकित्सा प्रतिष्ठानले वीर अस्पताललाई सिमुलेसन ल्याबको लागि उपकरण सहयोग गरेको छ।
प्रतिष्ठानले करिब ७८ लाख बराबरको उपकरण सहयोग गरेको अस्पतालको प्रमुख प्रशासकीय अधिकृत डा भुपेन्द्र बस्नेतले बताए।
वीर अस्पतालले करिब एक वर्षअघिबाट नेपालमै पहिलोपटक सिमुलेशन ल्याब संचालन गर्दै आएको छ।
सिमुलेशन ल्याबको सुरुवाती चरणमा पनि प्रतिष्ठानले सहयोग गरेको बस्नेतले जनाए। प्रत्यक्ष रुपमा मान्छेमा गर्न नमिल्ने मेडिकल ट्रेनिङ मोडेलहरुमा राखेर सिकाईनु नै सिमुलेशन ल्याब हो। अहिले प्राप्त भएको सामानमा बच्चाहरुको उपचारमा प्रयोग हुने सामग्रीहरु र एनेस्थेसियाको लागि चाहिने उपकरणहरु प्राप्त भएको उनले बताए।