अछाम- बयालपाटा अस्पतालको १५ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमसहित मनाइएको छ। वार्षिक उत्सव कार्यक्रममा बोल्दै पूर्व उपप्रधान, गृह एवंम रक्षामन्त्री डा भिम बहादुर रावलले बयलापाटा अस्पतालको दीर्घकालिन सञ्चालनका लागि आफूले सक्दो पहल गर्ने बताए। स्थानिय पालिका, प्रदेश सरकार र केन्द्र सरकारले समेत यसमा सहयोग गर्नुपर्नेमा उनको जोड थियो।
अस्पतालमा ब्लड बैंकको स्थापना र अस्पतालको दीर्घकालिन सञ्चालनका लागि सोच्नुपर्ने बेला भएको उनले बताए। नेकपा एमालेका पूर्व केन्द्रीय उपाध्यक्ष समेत रहेका डा रावलले सुदूरपश्चिम प्रदेश सरकारलाई समेत बजेट बिनियोजित गराउन आफूले नेतृत्वदायी भूमिका निर्वाह गरेको उल्लेख गरे।
शनिबार बयालपाटा अस्पतालको प्रांगणमा अस्पताल सञ्चालक समितिका अध्यक्ष तथा नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुवँरको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व सुचना तथा सञ्चार राज्यमन्त्री गोबिन्द बहादुर शाहले बयालापाटा अस्पतालको दिर्घकालिन सेवाका लागि आफूले तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटेर डेलिगेशन पेश गरेको र प्रदेश सरकारमा समेत बजेट बिनियोजितका लागि पहल गरेको बताए।
अस्पतालमा आर्थिक अभाव हुन नदिन र सेवामा कुनै कमि हुन नदिन आफूले पटक पटक पहल गरिरहेको कांग्रेस केन्द्रीय सदस्य समेत रहेका नेता शाहले बताए। अस्पतालले प्रदान गरिरहेको सेवाको प्रशंसा गर्दै नेता शाहले आगामी दिनमा समेत आफु जस्तो सुकै सहयोग गर्न तयार रहेको बताए।
यस्तै कार्यक्रममा पूर्व जिविस सभापति भरत कुमार स्वाँरले आफू बयालापाटा अस्पतालको स्थापनादेखि नै प्रत्यक्ष अप्रत्यक्ष रुपमा संलग्न रहेको बताए। अस्पतालमा विशेषज्ञ सेवा थप गर्नुपर्ने र दीर्घकालिन सेवा सञ्चालनका लागि सबै तहका सरकारले दायित्व लिनुपर्नेमा स्वाँरको जोड थियो।
कार्यक्रममा कमलबजार नगरपालिकामा प्रमुख यज्ञ प्रसाद ढकालले आफूले यसै आर्थिक वर्षमा बयालपाटा अस्पताललाई ५ लाख आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाए। आगामी आर्थिक वर्षबाट सहयोग रकम थप गरिनले उनले बताए।
समारोहमा त्रिबेणी नगरपालिका बाजुराका नगर प्रमुख कर्ण बहादुर थापा, बान्नीगढी जयगढ गाँउपालिकाका अध्यक्ष टेक बहादुर साँउद, तुर्माखाँद गाँउपालिकाका अध्यक्ष डम्बर बिसी, साँफेबगर नगरपालिकाका उपप्रमुख शिब बहादुर कुवँर शिलोज, पूर्व नगर प्रमुख कुल बहादुर कुवँर, स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुंगाना, समाजसेवी युवा नेता राजन कुवँर, न्याय हेल्थ नेपालका कार्यकारिणी उपाध्यक्ष डा अरुणा उप्रेतीले, वडा नं. ७ का अध्यक्ष हिक्मत कडायत शुभकामना मन्तव्य राख्दै अस्पतालले प्रदान गरिरहेको सेवाको प्रशंसा गर्दै दीर्घकालिन रुपमा संचालन गर्नुपर्नेमा जोड दिएका थिए।
न्याय हेल्थ नेपालका कार्यकारिणी अध्यक्ष कुन्द दिक्षितले स्वागत राखेका थिए भने समारोहको सञ्चालन काजल जोशी र पूर्ण खड्काले गरेका थिए।
१० वर्ष पुरा गरेका २० जनालाई सम्मान
न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालमा १० वर्ष काम गरेका कर्मचारीहरुलाई सम्मान समेत गरिएको थियो। १० वर्ष पुरा गरेका २० जना कर्मचारीहरुलाई कार्यक्रमका प्रमुख अथिति डा भिम रावल र अध्यक्ष राजेन्द्र बहादुर कुँवरले दोसल्ला र कदर पत्र प्रदान गरेका थिए।
१० वर्ष पुरा गरेका कर्मचारीमा संस्थाका वरिष्ठ सूचना प्रविधि अधिकृत दिपक बहादुर बिष्ट, तिलमान बोहरा, हिउदल केसी, मिन रावल, भरत रावल, महेन्द्र कुँवर, मदन कुँवर, नरेश सुनार, ईन्द्रा केसी, दिपा बम, लक्ष्मी बिक, तुल्सा खनाल, भजन देवी कुवँर, निर्मला सुनार, गिता कुँवर, बसन्ती ताम्राकार, द्धारीका रावल, गंगा लुहार, कल्पना भण्डारी र ललिता कुमारी कुवँर रहेका छन्।
८ जनाले गरे रक्तदान
समारोहमाको अवसरमा कार्यक्रममा सहभागी भएका अथितिहरुले रक्तदान समेत गरेका थिए। न्याय हेल्थ नेपालका कोषाध्यक्ष डा भाष्कर राज पन्त, खप्तड गुल्मका गुल्मपति डिएसपी खेमराज ठकुल्ला, न्याय हेल्थका कर्मचारी सुधिष श्रेष्ठ, न्याय हेल्थ नेपालका कार्यकारिणी सदस्य बिरोचन खनाल, नेपाल प्रहरीका असई देवेन्द्र कुँवर, पारष कडायत, कमलबजार नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकाल र केशव कुँवरले रक्तदान गरेका थिए।
खेलकुद प्रतियोगिताका बिजेतालाई प्रमाण पत्र वितरण
न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालको १५ औँ वार्षिकोत्सवको अवसरमा यसअघि आयोजना भएको साता व्यापी खेलकुद प्रतियोगितामा बिजेता भएका खेलाडीहरुलाई प्रमाण पत्र बितरण गरिएको थियो। विभिन्न १२ विधाका खेलमा प्रथम, द्धितृय, तृतिय र सान्त्वना हुने खेलाडीलाई प्रमाण प्रत्र वितरण गरिएको थियो। यस्तै खेलकुद प्रतियोगिता संयोजन गर्ने १० जना संयोजक र ६ जना स्वयमसेवकलाई समेत प्रशंसा पत्र प्रदान गरिएको थियो।
यस्तै १५ औँ वार्षिकउत्सव समारोहमा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले विभिन्न साँस्कृतीक कार्यक्रम प्रस्तुत गरेका थिए।