काठमाडौं- नेपालमा अहिले बहिरोपनको समस्या बढ्दो छ। सुनाईमा समस्या भएका बालबालिकाको बोलाइमा पनि समस्या देखिन्छ। कुनै बालबालिका वा व्यक्तिले कान सुन्दैन भने उसले कुनै शब्द र वाक्यसँग प्रतिक्रिया जनाउँदैन। प्रतिक्रिया जनाउनका लागि ती शब्दहरुसँग घुलमिल भएको हुनुपर्छ। बिरामीको अवस्था अनुसार उपचार र शल्यक्रिया हुन्छन्। तर कतिपयलाई थेरापीकै आवश्यकता पर्ने हुन्छ। सुनाई र बोलाईसम्बन्धी गराइने थेरापी नै स्पीच एण्ड हेयरिङ थेरापी हो।
यो थेरापी के हो? कसलाई र किन आवश्यक छ? कसरी थेरापी गरिन्छ? लगायत विषयमा हामीले सेवा स्पीच एण्ड हेयरिङ सेन्टरकी अडियोलोजिस्ट प्रिती चौधरीसँग कुराकानी गरेका छौँ। उनीसँग गरिएको भिडियो कुराकानी यहाँ प्रस्तुत गरिएको छ :
के हो स्पीच एण्ड हियरिङ थेरापी?
– हियरिङ एण्ड स्पीच छुट्टाछुट्टै विषय हो। तर एक अर्कासँग सम्बन्धित छ।
– सुनाई सम्बन्धी समस्याहरुको मूल्यांकन र पुनस्र्थापनाको काम गर्छौं।
– सुनेर पनि नबुझ्ने समस्या भएकाहरुलाई हियरिङ थेरापी गर्नुपर्छ।
– कान नसुनेर नबोलेको हो की, अटिजम भएको बच्चा हो की या कुनै अन्य समस्या भए स्पीच थेरापी गर्छौ।
यो थेरापी अन्तर्गत बिरामीको उपचार कसरी हुन्छ?
– समस्या, उमेर र अवस्था अनुसार थेरापी सुरु गर्नुपर्छ।
– सुनाईमा समस्या छ भने उपकरणको माध्यमबाट आवाजप्रति सचेत गराउँछौ।
– शब्द, वाक्यमा काम गरेर कम्युनिकेशनमा गएर समस्या अनुसार उपचार गर्छौ।
यो थेरापी विशेष गरेर कसलाई आवश्यक पर्छ?
– सुनाई र बोलाइ सम्बन्धी समस्या भएकाहरुलाई यो थेरापीको आवश्यकता पर्छ।
– कुनै व्यक्तिले सुन्दैन भने उसले बोल्न सक्दैन।
– हामीले सानैदेखि नेपाली भाषा सुनिरहेको हुनाले नेपाली भाषा बुझ्छौ।
– केटाको केटी जस्तो र केटीको केटा जस्तो आवाज आउने र बोल्ने समस्याको पनि हामीले थेरापी गर्छौ।
बोल्न र सुन्न नसक्ने व्यक्तिका लागि यो थेरापी कत्तिको आवश्यक छ?
– एकदमै आवश्यक छ। जुन बच्चाले सानैदेखि केही सुनेकै छैन भने उसले बोल्न सक्दैन।
– आवाज र भाषा बारे बुझाउन र सिकाउन पनि यो थेरापी आवश्यक छ।
– बच्चाहरुका लागि मात्र नभई घरमै कसरी सिकाउने भनेर अभिभावकलाई पनि जानकारी गराउँछौ।
सुन्न र बोल्न नसक्ने व्यक्तिको उपचार पनि गरिन्छ। उपचार र यो थेरापी फरक हुन्?
– सबैभन्दा पहिले केही समस्या हुने बित्तिकै बिरामीहरु इएनटी चिकित्सक कहाँ पुग्छन्।
– औषधि र सर्जरीले ठिक हुने समस्या छ भने उहाँहरुले उपचार गर्नुहुन्छ।
– तर औषधि र सर्जरीबाट ठिक नभएका बिरामीहरु हामी कहाँ आउनु हुन्छ।
– विभिन्न डिभाइस र थेरापीको आवश्यकता भएका बिरामीलाई सोही अनुसार सुरु गर्छौ।
यो थेरापीको अवधि कति लामो हुन्छ?
– बिरामीको समस्या र अवस्था अनुसार फरक पर्छ।
– कुनै बिरामीको समस्या जटिल छ भने वर्ष पनि लाग्न सक्छ।
कुनै बच्चाले सुन्दैन वा बोल्दैन भने उसलाई यो सुनाई र बोलाई सम्बन्धी उपचारको नै खाँचो पर्छ?
– पक्कै पनि सुनाई र बोलाई एक अर्कासँग सम्बन्धित विषय हो।
– सुनाई सम्बन्धी ६० प्रतिशत समस्या रोकथाम गर्न सकिने खालका छन्।
– समयमै बोल्न नसक्नुको कारण थाहा भयो भने उपचार संभव छ।
– जति छिटो समस्या थाहा पाउन सकिन्छ। बच्चाले त्यति नै छिटो बोल्न सक्छन्।
बच्चाले सुन्दैन भनेर अभिभावकले घरमै कसरी थाहा पाउन सक्छन्?
– सानो बच्चा बोल्न सक्दैन भने उसले म सुन्दिन भनेर भन्न सक्दैन।
– बच्चा जन्मिने बित्तिकै हियरिङ स्क्रीनिङ गर्नुपर्छ।
– बच्चाहरुले कुनै आवाजप्रति प्रतिक्रिया दिइरहेको छ÷छैन भनेर विचार गर्नुपर्छ।
– बच्चाको कानको पछाडी घण्टी बजाउने, ताली बजाउने गर्नुपर्छ। ती आवाजमा बच्चाले कुनै प्रतिक्रिया दिएको छ÷छैन भनेर नियाल्नुपर्छ।
– ६ महिनामा बोल्ने शब्दहरु बच्चाले बालिरहेको छ÷छैन भनेर पनि विचार गर्नुपर्छ।
भिडियो – निमेषजंग राई