विश्वमा मानसिक रोगीहरुको संख्या बढ्दो छ। विश्व स्वास्थ्य संगठनले दिएको जानकारी अनुसार हरेक ८ जना मानिसमध्ये १ जनामा मानसिक रोग भएको पाइएको छ। यस वर्षको नारा मानसिक स्वास्थ्य हाम्रो अधिकार रहेको छ। विश्वमा ३० करोड मानिस एन्जाईटी डिसअर्डरबाट पिडित छन्। त्यस्तै डिप्रेसनबाट २८ करोड, बाईपोलर डिसअर्डरबाट ४ करोड, सिजोफेनियाबाट २ करोड ४० लाख पिडित छन्। विश्वमा मेन्टल हेल्थ ग्याप भएका मानिस छन्। विकासोन्मुख देशमा बिरामी ६० देखि ७० प्रतिशत छन्। मानसिक रोगलाई हाल मनोरोग भनिन्छ। मनोरोग अन्तरगत अति सामान्य समस्या टेन्सन हेड्याकदेखि अति कडा रोग सिजोफोर्नियासम्म पर्दछ। विश्वमा करीब ५० करोड मानिस कुनै न कुनै प्रकारको मनोरोगबाट पिडीत छन्।
विश्वका १० खतरनाक रोग जसले मानिसको दैनिक क्रियाकलापमा असर गर्छ। जसमध्ये ५ वटा मानसिक रोगका कारणले गर्दा हुन्छ। तिनीहरु डिप्रेसन, मेनिया, सिजोफोर्निया, दूव्र्यसनी र डिमेन्सिया पर्दछन्। नेपालमा मनोरोगका बिरामीलाई उपचार गर्ने जनशक्तिको कमी छ। साइक्याट्रिक मनोरोग विशेषज्ञ, साइक्याट्रिक नर्स, साइकोलोजिष्ट र सामाजिक कार्यकर्ता मनोरोगका बिरामीको उपचारमा संलग्न रहन्छन्। नेपालमा मनोरोगीका बिरामी मेन्टल अस्पताल, मेडिकल कलेज, सरकारी अस्पताल र प्राइभेट नर्सिङहोममा उपचार हुने गरेको छ। केही गैरसरकारी संस्थापनि मानसिक रोगको उपचार गर्न सहयोग गर्दै आएका छन्। खासगरी मानिसमा परेको समस्यासँग जुध्न नसक्दा मानसिक रोग लाग्न पुग्छ। तर वंशानुगत रुपमा पनि मानसिक रोग लाग्ने संभावना देखिन्छ।
विश्व स्वास्थ्य संगठनको तथ्याडक अनुसार विश्वमा प्रत्येक ४० सेकेण्डमा १ जना मानिसको ज्यान आत्महत्याबाट जान्छ। त्यसैले यसको रोकथाम अति आवश्यक छ। मानसिको रोग बारे जनचेतना फैलाई मानसिक स्वास्थ्य राम्रो बनाउनुपर्ने हुन्छ। जसबाट अत्महत्या घटाउन सकिन्छ। हामीले जहिलेपनि पोजेटिभ लिनुपर्छ। मानसिक रोगका बिरामी पनि आफ्नो दैनिक काम गर्न सक्छन। उपचार गरे मानसिक रोग निको हुन्छ। सामन्य मनोरोगका बिरामीलाई मेरो दिमाग विग्रन्छ कि भन्ने लाग्छ तर त्यस्तो हुदैन। कडा मानसिक रोगमा मात्र यस्तो हुन्छ। रोग लाग्यो भनेर लुकाउनु हुँदैन। आफूलाई कमजोर ठान्नु हुँदैन बरु उपचार गराउनुपर्छ।
मानसिक रोग कस्ता कस्ता हुन्छन्?
क) सामान्य खालका मानसिक रोग
डिप्रेसनः यो रोगका बिरामीहरु निराश हुने, दिकक हुने, नराम्रो हसने, बारम्बार रुने, हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने, बाँच्न भन्दा मर्न बेस भन्ने र कतिपयबिरामीले आत्महत्या गरेको पनि पाईएको छ। डिप्रेसन नेपालमा पाईने एउटा मूख्य मानसिक रोग हो। जीवनभरमा २०–२५ प्रतिशत मानिसमा डिप्रेशन हुन्छ।
डर लाग्ने समस्याः मानिसमा डर लागिरहने, मुटु ढुकढुक गर्ने, हात हल्लने, टाउको दुख्ने, अचानक डराउने समस्या हुन्छ।
कनभर्सन डिसोसिएटिभ डिसअर्डरः अचानक हात खुट्टानचल्ने, छातीमा स्वास फेर्न गाह्रो हुने, उल्टो कुरा गर्ने, बोली रोकिने, बक्ने (एयटा अर्का भई बोल्ने), काम्ने, बिर्सने आदि लक्षण लिई यस्ता बिरामी अस्पताल आउँछ्न।
बालबालीकामा देखिने मनोवैज्ञानिक समस्याः बालबालीकामा चकचक गर्ने, रिसाउने, चोर्ने, झगडा गर्ने, स्कूल जान नमान्ने, स्कूलबाट भाग्ने, एक्लै बस्ने आदी समस्या पाईन्छ। साथै बच्चामा डिप्रेसन वयस्कमा भन्दा फरक लक्षण लिई देखापर्छ।
सोमाटोर्फम डिसअर्डरः यो यस्तो रोग हो, जसमा शरीरका विभिन्न अंगका लक्षण लिएर बिरामी आउन्ँछन्, जस्तै टाउको दुख्ने, पेट दुख्ने, हात खुट्टा हल्लिने आदि। मानिसहरु विभिन्न डाक्टरकहाँ उपचारार्थ पुग्दछन्। तैपनि आफ्नो समस्या निको भएको महसुुस गर्दैनन्। विभिन्न ल्याब परीक्षण गराउँदा पनि कुनै खराबी देखिंदैन, जुन साइकोलोजिकल कारणले भएको उनीहरुलाई थाहानै हुँदैन। कहिलेकाहीँ बिरामीहरु आफूलाई क्यान्सर भएको, एड्स भएको शंका गरी अस्पताल आउँछन्।
अब्जेसिभ कम्पल्सिभ डिसअर्डरः यो यस्तो रोग हो, जहाँ मन अत्यन्त कमजोर हुन्छ। मनमा विभिन्न सोचाइ र दृश्यहरु आइरहन्छन्। मनमा लिन्न भने पनि त्यस्ता सोचाइ आउनाले बिरामी आत्तिन्छ। उसलाई ती सोचाई आउनाले उसमा छटपटी भईरहन्छ। साथै चुकुल लगाई सकेपछि पटक पटक हेर्नुपर्न, हात बारम्बार धोई रहनु पर्ने आदि समस्या रहन्छ।
ख) कडा मानसिक रोग
मेनियाः यो रोग डिप्रेसनको उल्टो खालको रोग हो। बिरामी म ठूलो मान्छे बन्छु, म प्रसिद्व व्यक्ति हूँ भन्छ र घमण्ड गर्ने हुन्छ। बिरामीले भनेको नमाने पिट्ने गर्छ। राम्रो लुगा लगाउनु पर्ने, मीठो खाना माग्ने तथा पैसा माग्ने र झगडा गर्नै गर्दछ। कहिले मेनिया हुने र कहिले डिप्रेसन देखिने रोगलाई बाइपोलललर एफेक्टिभ डिसअर्डर भनिन्छ।
सिजोफेर्नियाः यो यस्तो रोग हो, जसमा बिरामीलाई आफू बिरामी भएको थाहा हुँदैन। बिरामी एक्लै बस्दा कानमा आवाज आउँछ। बिरामी अरुसंग शंका गर्ने, सर संगत छाड्ने र एक्लै बस्ने, दैनिक काममा ध्यान नदिने, सफा सुग्घर गर्न छाड्ने, घरबाट भाग्ने हुन्छ।
ग) अन्य
लागु औषध र रक्सीको समस्याः खासगरी स्कूल जाने, हाई स्कूल तथा कलेज जाने विद्यार्थी लागू औषध सेवन गर्नै कुलतमा फसेको देखिन्छ। विभिन्न प्रकारका खोकीको औषधि, गाँजा टिजोजेसिक र हिरोईन जस्ता औषधि लिंदा मस्तिष्कमा असर पर्दछ। उनीहरु एकपटक लिएपछि छोड्न सक्दैनन्। कतिपय अवस्थामा चोर्ने आदि अपराधमा उनीहरु संलग्न भएको पाइएको छ। अर्को समस्या रक्सी सेवन गर्ने हो। जब मानिसले रक्सी लिन थाल्छ, दिनदिन उसको मात्रा बढ्न थाल्छ। पछि उ बिहान पनि रक्सी नलिई बस्न सक्दैन। उसमा छारेरोग देखिने, होस हराउने, पेट पोल्ने, मुटुको रोग, कलेजोको रोग, डिमेन्सिया ९म्झभतष्ब० तथा डर लाग्ने र डिप्रेसन जस्ता रोग लाग्ने संभावना बढी रहन्छ। जुन उपचार गरे निको पार्न सकिन्छ।
छारे रोगः अचानक शरीर कडा हुने, काम्ने, र बेहोस हुने, आँखा हल्लिने, जिब्रोमा चोट लाग्ने आदि समस्या लिएर धरै बिरामी आउँछन्। कतिपय बच्चामा एकदेखि दुई मिनेट टोलाइ मात्र रहने पनि एक प्रकारको छारे रोग हो। यो उपचार गरे निको हुन्छ। यो रोगमा औषधि ४ वर्षसम्म सेवन गर्नुपर्छ।
सुस्त मनस्थितिः यस्ता बिरामीमा वौद्धिक क्षमता कम हुन्छ। दैनिक जीवनमा यस्ता बिरामी सिक्ने, काम गर्ने, पढ्ने कुरामा निकै पछि पर्छन्। उपचार गरे बिरामी राम्रो हुन्छन्, तर उनीहरुलाई सीप सिकाई बुद्वि अनुसारको काम लगाउनु पर्दछ।
डिमेन्सियाः यो बुढेसकालमा लाग्ने रोग हो। यो रोगमा ब्रेनको आकार पनि सानो हुन जान्छ र ६५ वर्षपछि यो रोग देखा परेर बिरामीले विस्तारै विस्तारै दैनिक क्रियाकलापमा सम्झने शक्ति घट्छ। बिरामी रिसाउने, बिर्सने, दिसा, पिसाब कन्ट्रोल गर्न सक्दैन। बिरामी एक्लै बस्ने, सोच्ने शक्ति कम हुने र व्यक्तित्वमा परिर्वतन हुने हुन्छ।
मानिसक रोगका कारणहरु
वंशानुगत रुपमा सर्ने
न्यूरो ट्रान्समिटरको गढबढी
आमा बाबुबाट बाल्यवस्थामा टाढा रहनाले
हर्मोनको गडबडी जस्तै थाइराई, एड्रिनल, ग्रोथ हर्मोनको गडबडी भएमा
शारीरिक रोग लामो समय समयमा लाग्छ जस्तै चिनिको रोग, मिर्गौलाको रोग आदि।
बिरामी हुनु अघिको व्यक्तित्व
तात्कालिन घटनाक्रम
पारिवारिक अस्वस्थ्य सम्बन्ध
लागू पदार्थ सेवन गर्नाले
गर्भवस्थामा संक्रमण, मस्तिष्कको वृद्धिमा रोक आदि
समाजबाट टाढा रहनाले, बसाइ सर्नाले
टाउकोको चोटपटक
कसरी मानसिक रुपमा स्वस्थ बन्ने?
अनावश्यक कुरामा बारम्बर एकोहोरो गहिरो सोचाई नगर्ने।
अर्काको उपलब्धिलाई सजिलै ग्रहण गर्ने र खुसी हुने।
पुराना रुढीवादीका कुरा जुन वर्तमानमा झुट्टा सावित भएका छन् तिनमा विश्वास नगर्ने
हरेक काममा खुसी, सन्तुष्ट र सुखी बन्न सिक्ने
जे छ त्यसमा सन्तुष्ट हुने, तर मिहेनत गर्न नछाड्ने
लागू पदार्थ, रक्सी, ड्रग्स सेवन गर्दा मानसिक रोग लाग्ने सम्भावना धेरै रहने भएकोले, यी वस्तुबाट टाढा रहने।
दैनिक जिवनमा स्वास्थ्य प्रतिस्पर्दा गर्ने
समाजमा, घर परिवारमा दुष्टताको वातावरणको अन्त्य गर्ने
अति नैतिकवान नबन्ने र अरुबाट पनि त्यस्तो बढी आशा नगर्ने
आफ्ना समस्या आफ्नो परिवार, साथीभाईलाई भन्ने बानी गर्ने जसबाट मनको उत्तेजना (चिन्ता) कम गर्न सहयोग मिल्छ।
मनलाई सधै शान्त राख्ने
मानसिक रोग लागेको कसरी चिन्ने?
मानिसमा धेरै अंगका जटिल लक्षण एकैचोटी देखिएमा।
अनौठो व्यवहार देखापरेमा
एक्लै बोल्ने, एक्लेै हांस्ने गरेको देखेमा
शंका गर्ने देखिएमा
आत्तिने, डराउने, चिन्ता गर्ने, घरबाट भाग्ने गरेमा।
मानसिक रोग बारे जान्नै पर्ने कुरा
मानसिक रोग अति सामान्य (जस्तै टाउको दुख्ने मात्र) देखि कडा खालका (एक्लै बोल्ने, एक्लै हांस्ने पागलपन) सम्मका हुन्छन्। सामान्य खालको मानसिक समस्या हु¤दा आत्तिनु हुँदैन र उपचार गर्न पनि हिच्किचाउनु हु¤दैन।
कडा मानसिक रोगका बिरामीलाई परिवारका सदस्यको सहयोग अति आवश्यक छ।
मानसिक रोग लाग्नु पापको फल होइन।
उपचार गरे मानसिक रोग निको हुन्छ।
मानसिक रोगका बिरामीलाई सबैले सहयोग गर्न पर्छ।
उपचार गरिरहेका मानसिक रोगका बिरामीले डाक्टरको सल्लाह विना आपैm औषधि छाड्नु हु¤दैन।
उपचारको क्रममा विभिन्न ल्याव परिक्षण गर्दा पनि कुनै रोग नदेखिएमा त्यो मानसिक रोग हुने सम्भावना धेरै रहन्छ।
मानसिक रोगको उपचारमा काउन्सिलिङ (साइकोथेरापी) र इ.सि.टि. (विद्युतिय उपचार) को पनि ठुलो भúमिका रहन्छ।
मानसिक रोगका बिरामीहरु घरपरिवार, समाज तथा द्वन्दको कारण शोषणमा पर्न सक्छन्।
मानिस काम्ने र बक्ने वनको भúतले होइन मनको आन्तरिक पिडाले गर्दा हुन्छ।
मानसिक रोगको उपचार विधी–
१) साइकोथेरापी
२) औषधि प्रयोग
३) विद्युतीय उपचार
धेरैजसो बिरामीहरु साइकोथेरापी तथा औषधिको प्रयोगबाट निको हुन्छन् तर कसैलाई इसिटी पनि गर्नुपर्ने हुन्छ।
औषधि सेवन गर्दा विचार पुर्याउनु पर्ने कुराहरुः
औषधि जहिले पनि बिरामीलाई अर्कै मानिसको रेखदेखमा खुवाउनुपर्छ।
तोकेको अवधिसम्म औषधि सेवन गर्नूपर्छ। आफ्नो मनखुसीले औषधि छाड्दा निको हुँदैन वा चारदेखि पाँच महिनापछि रोग पुनः बल्झिन सक्छ।
औषधलिाई सुरक्षित ठाउँमा राख्नुपर्छ, जसबाट अधिक मात्राबाट बचाउन सकिन्छ।
मानसिक रोगको उपचारमा परिवारका सदस्यको भूमिका
मानसिक रोगको एउटा प्रमुख कारण पारिवारिक झगडा, बेरोजारी, प्राकृतिक प्रकोप भएको हुनाले बिरामी हुन नदिन र बिरामी भएकालाई छिटो निको पार्न परिवारका सदस्यको भूमिका ठूलो हुन्छ। परिवार सामु देखिने जटिल समस्या एक आपसमा मिलेर समाधान गर्न सकिने हुनाले उक्त बोझ एउटामा मात्र पर्न दिनु हुँदैन। बिरामीलाई डाक्टरको सल्लाह बमोजिम नियमित औषधि सेवन गराउनुपर्छ। बिरामी रिसाउने, झर्किने तथा अन्य झगडालु स्वभाव देखाउन थालेमा आफू उत्तेजित हुनुहुँदैन। बिरामीले रोगको कारणले त्यस्तो व्यवहार देखाएको हो भनने बुझ्नुपर्छ। औषधिले काम गर्न कम्तिमा एक हप्ता लाग्छ, त्यसैले तत्काल औषधिको असर खोज्नु हुँदैन।नेपालमा रक्सी र लागूऔषधको समस्या बढ्दै गएको छ। यसका लागि पारिवारिक सदस्यको रेखदेख र नियन्त्रण अति आवश्यक छ। साथै समुदायमा बस्ने मानिस एकजुट भई काम गरे यो नियन्त्रण गर्न सकिन्छ।
(लेखक मनोरोग विशेषज्ञ तथा नेपाल मनोचिकित्सक संघका अध्यक्ष हुन्।)